कर्मचारीमा कोरोना, मालपोत कार्यालय विराटनगरको सम्पूर्ण सेवा बन्द
मालपोत कार्यालय विराटनगरका ८ जना कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि कार्यालयबाट प्राप्त हुने सम्पूर्ण सेवा बन्द गरिएको छ ।
कार्यालयका विभिन्न फाँटमा कार्यरत ती कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोमबार ६ जना कर्मचारी र मंगलबार थप दुई जना कर्मचारीमा सङ्क्रमण देखिएपछि कार्यालयबाट प्रदान हुने सम्पूर्ण सेवा हाललाई बन्द गरिएको कार्यालय प्रमुख लोकबहादुर भण्डारीले बताए ।
उनले अर्को सूचना जारी नभएसम्मका लागि सेवा प्रवाह बन्द गरिए पनि कार्यालयको आन्तरिक काम भने सञ्चालन गर्ने निर्णय भएको बताए ।
भण्डारीका अनुसार कार्यालयमा कार्यरत कुल ६ जना कम्प्युटर शाखामा कार्यरत कर्मचारी मध्ये चार जनामा सङ्क्रमण देखिएको र अन्य विभिन्न फाँटमा कार्यरत कर्मचारी रहेका छन् । मालपोत कार्यालयबाट जग्गा सम्बन्धीका सम्पूर्ण सेवाका लागि दैनिक सयौँको सङ्ख्यामा सेवाग्राहीको. भीड लाग्दै आएको थियो ।
आलोपालो सेवा
कोभिड सङ्क्रमण तीव्र रूपमा बढेपछि जिल्ल प्रशासन कार्यालयबाट प्राप्त हुने सेवामा आलोपालो सिस्टम लागु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले बुधवारदेखि कार्यालयबाट प्रवाह हुने सेवामा आलोपालो सिस्टम लागु गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाका अनुसार आइतबार र बुधबार सुन्दरहरैंचा नगरपालिका, बुढीगंगा गाउँपालिका र जहदा गाउँपालिकाका नागरिकहरूलाई सेवा प्रदान गरिने छ ।
त्यसै गरी सोमबार र बिहीबार विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका र धनपालधान गाउँपालिकाका नागरिकलाई सेवा प्रदान गरिने भएको छ ।
बेलबारी नगरपालिका, ग्रामथान गाउँपालिका र केराबारी गाउँपालिकाका नागरिकले भने मंगलबार र शुक्रबार सेवा प्राप्त गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप जितेपछि टोरेसले भावुक हुँदै भने–‘अहिलेसम्म पनि विश्वास गर्न सकेको छैन’
-
फाइनलपछि अर्जेन्टिनी खेलाडीको आक्रोश, स्पेनका खेलाडीसँग मैदानमै ‘झडप’
-
पाउ कुबार्सी बने विश्वकपकै उत्कृष्ट युवा खेलाडी
-
मैदानमा स्पेनको जादु, पर्दापछाडि ट्रम्प र इन्फान्टिनोको ‘दोस्ती’
-
विश्वकपका सर्वोत्कृष्ट खेलाडी बने रोड्री, जिते गोल्डेन बल
-
उनाई सिमोनले जिते 'गोल्डेन ग्लोभ'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण