हार्ने रिपोर्ट हुँदाहुँदै चुनावमा जाने काँग्रेसले यसपटक पनि समयमै चुनाव गराउँछ : विश्वकर्मा
प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले सरकार निर्वाचनको पक्षमा रहेको स्पष्ट पारेका छन् । र, आफ्नो पार्टीबारे निर्वाचनलाई लिएर कुनै शंका नगर्न पनि उनले आग्रह गरेका छन् ।
राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,“नेपाली काँग्रेसलाई निर्वाचनको बारेमा कहिल्यै पनि शंका नगरे हुन्छ । जस्तोसुकै कठिन परिस्थितिमा काँग्रेसले निर्वाचन सम्पन्न गरेको इतिहास छ । मुलुकमा निर्वाचन हुँदैन कि भन्ने अवस्थामा फेरि काँग्रेसकै नेतृत्वमा सरकार बनाएर भए पनि निर्वाचन गराएको इतिहास छ । मुलुकमा काँग्रेसको नेतृत्वमा निर्वाचन गर्दा निष्पक्ष निर्वाचन भएको छ ।”
उनले तत्कालिन प्रधानमन्त्री गिरिजाबाबुलाई ०६४ मा चुनाव हार्ने रिपोर्ट हुँदा पनि गिरिजाबाबुले चुनाव गराएको सुनाए । उनले भने,“उहाँले त्यतिवेला काँग्रेस हार्न सक्छ भन्नुभयो, तर मुलुक जिताउन निर्वाचन गर्छु भन्नुभएको थियो । ०७४ को निर्वाचनमा एमाले र माओवादी मिलेर चुनावमा गए, हामी पछि पर्यौं । तर, जनमतमा हामी ०७४ मा फष्ट भयौँ । म सबैलाई सुन्नेगरि भन्न चाहन्छु कि यो सरकार निर्वाचन नै गराउनको लागि बनेको हो । हाम्रो सभापति आदरणीय शेरबहादुर देउवाज्यूलाई सरकारमा जान आवश्यक नै थिएन । पार्टीले पनि चुनावको लागि सुझाव दिएको छ । उहाँले सर्वदलीय बैठक बोलाउनुहुन्छ, तर एमाले आउँदैन । निर्वाचन गर्ने कि नगर्ने भन्ने अब प्रश्न नगरौँ । बहुदलीय शासन प्रणालीमा निर्वाचन पहिलो प्राथमिकता हो । निर्वाचनको हकमा हामी संविधान वा कानुनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने धारणा छ, प्रधानमन्त्रीको पनि यही चाहना छ ।”
स्थानीय तहको पदाधिकारीको पदावधि पाँच वर्षको हुने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै उनीहरूको कार्यविधि समाप्त भएको ६ महिनाभित्र निर्वाचन गराउनैपर्ने पनि उल्लेख गरे । उनले प्रधानमन्त्री निर्वाचनको लागि चिन्तित रहेको सुनाए ।
एमालेले संसद् अवरोध गर्ने अनि भोलि सडकमा जाने कुरा गर्नु पनि गलत भएको विश्वकर्माको टिप्पणी छ । उनले निर्वाचन भनेको खेल भएको उल्लेख गर्दै निर्वाचनको मिति तय गर्नु र सम्पन्न गर्नु चाहिँ साझा विषय भए पनि निर्वाचनमा कसरी जाने भन्ने कुरा चाहिँ दलको आफ्नो रणनीति हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
-
बीमाको ५१ प्रतिशत पहुँचको तथ्याङ्कमा कांग्रेस सांसद केरुङको आशंका : वास्तविक दायरा २५ प्रतिशत मात्रै !
-
रविसँगै संसद् बैठकमा प्रधानमन्त्री बालेनको इन्ट्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण