कोशी अस्पतालमा कार्यरत चिकित्सकसहित ७५ जनामा कोरोना
विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत चिकित्सकसहित ७५ कर्मचारी कोरोना संक्रमित भएका छन् । अस्पतालका कार्यरत चिकित्सक, नर्स र कर्मचारी संक्रमित भएपछि अस्पतालबाट प्राप्त हुने स्वास्थ्य सेवा प्रभावित हुन पुगेको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासका अनुसार अस्पतालमा कार्यरत ११ डाक्टरसहित नर्स, प्यारामेडिक्स र कर्मचारीहरु एकसाथ संक्रमित भएका हुन् । उनले चिकित्सकसहितका कर्मचारी संक्रमित भएपछि सेवा प्रवाहमा समस्या भएको बताए ।
‘फ्रन्टलाइन चिकित्सक र नर्सको ठुलो जनशक्ति कोरोना संक्रमित हुन पुगेका छन्’मेसु दासले भने,‘अस्पतालको सेवा नियमित गर्न हामीलाई अहिले निकै समस्या भएको छ ।’ यद्यपि कुनै पनि सेवा हालसम्म नरोकेको उनले बताए । संक्रमित कर्मचारीको संख्या थपिँदै गएको खण्डमा समस्या आउने उनको भनाइ छ ।
संक्रमित बनेका चिकित्सक,नर्स र कर्मचारी सबै अहिले होम आइसोलेशनमा बसेको मेसु दासले बताए । अस्पतालमा २५९ दरबन्दी रहेको छ । त्यसमा हाल १ सय ९१ जना मात्र अस्पतालमा कार्यरत रहँदै आएका छन् । कोशी अस्पतालमा दैनिक १ हजार बढी विरामी उपचारका लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजर्सीमा रोड्रीले विश्वकपको ट्रफी उचाल्दा... (फोटोफिचर)
-
विश्वकप जितेपछि टोरेसले भावुक हुँदै भने–‘अहिलेसम्म पनि विश्वास गर्न सकेको छैन’
-
फाइनलपछि अर्जेन्टिनी खेलाडीको आक्रोश, स्पेनका खेलाडीसँग मैदानमै ‘झडप’
-
पाउ कुबार्सी बने विश्वकपकै उत्कृष्ट युवा खेलाडी
-
मैदानमा स्पेनको जादु, पर्दापछाडि ट्रम्प र इन्फान्टिनोको ‘दोस्ती’
-
विश्वकपका सर्वोत्कृष्ट खेलाडी बने रोड्री, जिते गोल्डेन बल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण