एमाले रौतहटको अधिवेशन पुनः गराउन केन्द्रीय समितिसँग माग
नेकपा एमाले स्थायी कमिटी सदस्य प्रभु साह पक्षले एकलौटी रूपमा रौतहटमा नयाँ नेतृत्व घोषणा गरेको भन्दै अर्को पक्षले असन्तुष्टि जनाउँदै आएको छ । साह पक्षले त्रिभुवन साहलाई जिल्ला अध्यक्ष चयन गरेपछि निवर्तमान अध्यक्ष तुल्सीराज गिरी पक्षले आपत्ति जनाउँदै आएको हो ।
एमाले नवौं जिल्ला अधिवेशनबाट साहको अध्यक्षतामा १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयनको घोषणा गरिएको थियो । माघ २ गते सहमतिको प्रयास नै नगरी अध्यक्ष मण्डलले गरेको प्रस्तावित कमिटीलाई बन्दसत्रका प्रतिनिधिले पूर्ण अस्वीकार र खारेज गरेको गिरी पक्षले जनाएको छ ।
पार्टी प्रदेश कमिटी अध्यक्ष राम औतार यादवले स्थायी कमिटी सदस्य तथा प्रदेश सहइन्चार्ज प्रभु साह, पोलिटव्युरो सदस्य एवं प्रदेश सहइन्चार्जहरू लीलानाथ श्रेष्ठ, समन प्याकुरेल, अच्युत मैनालीको उपस्थितिमा अधिवेशन हल बाहिर अज्ञात स्थलमा गई प्रतिनिधिलाई थाहै नदिई कमिटीका पदाधिकारीलाई शपथ ग्रहण गराउनु आपत्ति जनक रहेको गिरी पक्षको आरोप छ। गिरी पक्षले विधि र विधान अनुरूप नयाँ कार्यसमिति गठन गर्न केन्द्री समितिसँग माग गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
-
बीमाको ५१ प्रतिशत पहुँचको तथ्याङ्कमा कांग्रेस सांसद केरुङको आशंका : वास्तविक दायरा २५ प्रतिशत मात्रै !
-
रविसँगै संसद् बैठकमा प्रधानमन्त्री बालेनको इन्ट्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण