बलात्कार आरोपमा २२ वर्षीय युवक पक्राउ
अपाङ्गता भएकी एक जना किशोरीलाई बलात्कार गरेको आरोपमा मोरङको सुनवर्षी नगरपालिका–७ का २२ वर्षीय सुरेन्द्र ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको छ ।
शारीरिक रूपमा अपाङ्गता रहेकी र बोल्न नसक्ने १७ वर्षीया किशोरीलाई बुधबार साँझ बलात्कार गरेको आरोप ऋषिदेवमाथि छ । उनलाई प्रहरीले सोमबार नै पक्राउ गरेको हो ।
घरमा कोही नभएको मौका छोपेर उनले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका डिएसपी मञ्जील मुकारुङले जानकारी दिए ।
किशोरी राम्ररी हिँडडुल गर्न र बोल्न सक्दिनन् । किशोरीमाथि जबरजस्ती गरिरहेको आमाले देखेपछि गाउँमा होहल्ला भएको थियो । होहल्ला हुन थालेपछि घटनामा संलग्न उनी फरार बनेका थिए । पीडितले उजुरी दिएपछि फरार भएका ऋषिदेवलाई इलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोलीले पक्राउ गरेको हो ।
प्रहरी हिरासतमा रहेका ऋषिदेवलाई इप्रका रंगेलीले बिहीबार मोरङ अदालतमा जवरजस्ती करणीमा म्याद थप गरि अनुसन्धान गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप जितेपछि टोरेसले भावुक हुँदै भने–‘अहिलेसम्म पनि विश्वास गर्न सकेको छैन’
-
फाइनलपछि अर्जेन्टिनी खेलाडीको आक्रोश, स्पेनका खेलाडीसँग मैदानमै ‘झडप’
-
पाउ कुबार्सी बने विश्वकपकै उत्कृष्ट युवा खेलाडी
-
मैदानमा स्पेनको जादु, पर्दापछाडि ट्रम्प र इन्फान्टिनोको ‘दोस्ती’
-
विश्वकपका सर्वोत्कृष्ट खेलाडी बने रोड्री, जिते गोल्डेन बल
-
उनाई सिमोनले जिते 'गोल्डेन ग्लोभ'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण