प्रदेश २ को नामकरण : महन्थ ठाकुरले दिए धन्यवाद
प्रदेश २ को नामकरण र राजधानी तोकिएको चार दिनपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रदेशसभा सदस्यहरूलाई धन्यवाद दिएका छन् ।
प्रदेशसभाको ३ माघ मंगलबार बसेको बैठकले प्रदेश २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम राख्ने सर्वसम्मत निर्णय गरेको थियो । यसको चार दिनपछि बिहीबार अध्यक्ष ठाकुरले प्रदेशसभा सदस्यलाई बधाई र धन्यवाद दिएका हुन् ।
‘प्रदेश २ को प्रदेशसभाको यस निर्णयले संघीयताको सफल कार्यान्वयनको सन्दर्भमा एक थप ठोस कदम रहेको छ । वर्षौंदेखि मधेशी जनताले गर्दै आएको पहिचान, समान अस्तित्व एवं अधिकार प्राप्तिको लागि गरिएको मधेश आन्दोलन तथा वीर शहीदहरुको सहादतको परिणाम स्वरुप मधेश प्रदेशको निर्माण भएको छ,’ बिहीबार उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति :
मिति २०७८ माघ ३ गते प्रदेश–२ को प्रदेश सभाको बैठकले प्रदेशको राजधानी “जनकपुरधाम” र प्रदेशको नाम “मधेश प्रदेश” राख्ने ऐतिहासिक निर्णय गरेको कार्य स्वागत योग्य रहेको छ । यस ऐतिहासिक निर्णयको लागि प्रदेश सभा सदस्य ज्यूहरुलाई हार्दिक बधाईका साथै धन्यवाद समेत व्यक्त गर्दछु । ।
प्रदेश २ को प्रदेशसभाको यस निर्णयले संघीयताको सफल कार्यान्वयनको सन्दर्भमा एक थप ठोस कदम रहेको छ । वर्षौदेखि मधेशी जनताले गर्दै आएको पहिचान, समान अस्तित्व एवं अधिकार प्राप्तीको लागि गरिएको मधेश आन्दोलन तथा वीर शहीदहरुको सहादतको परिणाम स्वरुप मधेश प्रदेशको निर्माण भएको छ ।
महन्थ ठाकुर
अध्यक्ष
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण