आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अध्यक्षको पत्रकार सम्मेलन तय भएको छैन :  विष्णु रिजाल

आइतबार, ०९ माघ २०७८, ०९ : ४९
आइतबार, ०९ माघ २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज गर्ने भनेको पत्रकार सम्मेलनमा समन्वयको अभाव देखिएको छ । एमाले प्रचार विभाग उपप्रमुख समेत रहेका केन्द्रीय सदस्य विष्णु रिजालले पत्रकार सम्मेलन गर्ने कि भनेर आन्तरिक छलफल भएपनि टुंगो नलागेको बताए । 

यसअघि एमाले केन्द्रीय कार्यालयका कार्यालय सचिव भीष्मराज अधिकारीले भने दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने तय भएको रातोपाटीलाई बताएका थिए । तर, एमाले प्रचार विभागका उपप्रमुख रिजालले पत्रकार सम्मेलन गर्ने कि भन्ने आन्तरिक सल्लाह भएपनि ठोस निर्णय भइनसकेको बताए । ‘आन्तरिक रुपमा पत्रकार सम्मेलन गर्ने कि भन्ने सल्लाह मात्र भएको हो, गर्ने नै भनेर हामीले घोषणा गरेका थिएनौँ’, रिजालको भनाइ छ  ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप