नेकपा माओवादी खोटाङ संयोजकमा पाण्डे
नेकपा माओवादी केन्द्र खोटाङको संयोजकमा दीपक पाण्डे चुनिएका छन् । तत्कालीन जिल्ला संयोजक देवान किराँती (पृथ्वी) नेकपा माओवादी केन्द्र प्रदेश कमिटीको उपाध्यक्ष चुनिएपछि सो स्थानमा पाण्डेलाई अघि सारिएको हो । नेकपा माओवादी केन्द्र प्रदेश कमिटीको मंगलबार बसेको बैठकले पाण्डेलाई जिल्ला संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो ।
नेकपा माओवादी केन्द्र खोटाङको कोषाध्यक्ष, एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको कार्यालय सदस्य, एमाले र माओवादी केन्द्र अलग भएपछि माओवादी केन्द्रको दिप्रुङ चुईचुम्मा गाउँपालिका इन्चार्ज तथा प्रदेश कमिटी सदस्य बनेका पाण्डेलाई जिल्ला संयोजक तोकिएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
नेकपा माओवादी उदयपुरमा विनोद कट्वाल, सोलुखुम्बुमा असीम राई, भोजपुरमा नगेन्द्र भुजेल, तेह्रथुममा इन्द्र इम्सुङ, संखुवासभामा टेकमान राई, पाँचथरमा होमबहादुर जबेगु र इलाममा सोममाया राईलाई संयोजक तोकेको छ ।
बैठकले बुधबार हुने राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारको पक्षमा मतदान गर्न आव्हान गर्दै विजयी गराउने, पहिचानको आधारमा भएको प्रदेश २ को नामकरणलाई स्वागत गर्दै प्रदेश १ को नामकरण पहिचानकै आधारमा गर्नका लागि चौतर्फी दबाब सिर्जना गर्ने निर्णय भएको नेकपा माओवादी केन्द्र प्रदेश कमिटी उपाध्यक्ष देवान किराँती (पृथ्वी)ले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान विधेयकमा अन्तर्राष्ट्रिय सहकार्यको दायरा स्पष्ट पार्न सुझाव
-
गुराँस गाउँपालिकाको ठेक्कामा हिनामिना : तत्कालीन प्रशासकीय अधिकृत र ठेकदार दोषी ठहर
-
कनिष्ठ कार्की मुख्यसचिव भएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट, बिदामा बसे शर्मा
-
मिनी क्यासिनो बन्द हुने अवस्था, ५ हजार श्रमिकको रोजगारी संकटमा
-
शङ्कास्पद गाडी पार्किङको विषय संसदीय समितिमा उठ्यो
-
‘नक्कली जरिवाना’ भाइरल भएपछि विभागले दियो कारबाहीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण