कोशी प्रदेश प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षमा दाहाल र रजिस्ट्रारमा भट्टराई नियुक्त
सारांश
- कोशी प्रदेश प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल र प्रेस रजिस्ट्रारमा लिलाराज भट्टराई नियुक्त भएका छन्।
- कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले नेपाल पत्रकार महासङ्घ मोरङका पूर्व अध्यक्ष दीपक दाहाललाई अध्यक्षमा नियुक्त गरेको हो।
- मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानका ७ सदस्यहरू पनि नियुक्त गरी प्रतिष्ठानलाई पूर्णता दिएको छ।
विराटनगर। कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल र प्रेस रजिस्ट्रारमा लिलाराज भट्टराई नियुक्त भएका छन्। कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपाल पत्रकार महासङ्घ मोरङका पूर्व अध्यक्ष दीपक दाहाललाई अध्यक्षमा नियुक्त गरेको हो।
कोशी प्रदेश आमसञ्चार ऐन २०८२ को दफा ४ बमोजिम उनीहरूलाई नियुक्त गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए। मन्त्रिपरिषद् बैठकले प्रेस रजिस्ट्रारमा लिलाराज भट्टराईलाई नियुक्त गरेको छ। प्रेस रजिस्ट्रार सिफारिस समितिको सिफारिसका आधारमा भट्टराई नियुक्त भएका हुन्।
रजिस्ट्रार पदका लागि ९ जनाले आवेदन दिएका मध्ये ७ जना अन्तर्वातामा सहभागी भएका थिए। अन्तरवार्तामा भट्टराई सहित गोपाल काफ्ले, देवेन्द्र कार्की, बन्धु पोखरेल, नेत्रप्रसाद अधिकारी, अमृत बास्तोला र प्रभासचन्द्र झा सहभागी थिए।
मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानका ७ सदस्यहरू पनि नियुक्त गरी प्रतिष्ठानलाई पूर्णता दिएको छ। सदस्यहरूमा शान्ति दाहाल (मोरङ), ध्रुव ढकाल (सुनसरी), रमेशचन्द्र अधिकारी (धनकुटा), अर्जुन राजवंशी र विष्णुप्रसाद पोखरेल (झापा), माला पालुङ्वा (ताप्लेजुङ), रेणु पराजुली (उदयपुर) छन्।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय सञ्चार महाशाखा प्रमुख र नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश अध्यक्ष पदेन गरी ११ सदस्य हुने व्यवस्था छ। प्रतिष्ठानले मुख्यगरि कोशी प्रदेशमा सञ्चालन हुने तथा सञ्चालनमा रहेका सञ्चार माध्यमको दर्ता, नवीकरण,अनुगमन तथा अभिलेखीकरण, सञ्चार माध्यमको विकास र प्रवर्द्धन तथा कोशी प्रदेशका पत्रकार र प्रदेश भित्रका सञ्चार माध्यमका रहेका जनशक्तिको हित वृद्धि गर्ने काम गर्ने ऐनमा व्यवस्था छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जामा निजी क्षेत्रका समस्या सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गरिने
-
‘फेस अफ नेपाल’को तेस्रो संस्करण हुँदै, साउन २ देखि अडिसन
-
काठमाडौँ उपत्यकाका नदीमा जलसतह बढ्यो, थप खतरा
-
कोशी प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा
-
ठुलो मात्रामा लागूऔषधसहित ५ भारतीय पोखराबाट पक्राउ
-
खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण