सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा

सोमबार, २९ असार २०८३, १९ : ०५
सोमबार, २९ असार २०८३

काठमाडौँ । कोशी प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ । सोमबार विराटनगरमा आयोजित एक कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेशका ११५७ वडा, १३७ पालिका र १४ वटा जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा भएपछि कोशी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरे । 

कार्यक्रममा सङ्घीय स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डा. यदुचन्द्र घिमिरेलाई पूर्ण खोप सुनिश्चित प्रदेशको प्रमाणपत्र प्रदान गरेका थिए । सो कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेश संरचनालाई जनताको आवश्यकता पूरा गर्ने माध्यम बनाउन स्वास्थ्यकर्मीहरूलाई आग्रह गरे । 

कोशी प्रदेशलाई पूर्ण खोप सुनिश्चित गर्न प्रत्येक वडामा खोज र खोप अभियान सञ्चालन गरिएको र यसक्रममा ११० जना बालबालिका कुनै पनि खोप नलगाएको भेटिएको र ३ हजार ५ सय ९६ जना खोप ड्रपआउट गर्ने बालबालिका भेटिएको जानकारी दिइएको थियो। 

बाल मृत्यु दर घटाउन सरकारले जन्मेदेखि १५ महिना सम्मका बालबालिकाहरूलाई १३ प्रकारका निःशुल्क खोप दिँदै आएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप