बालयौन दुर्व्यवहार आरोपमा प्रधानाध्यापक पक्राउ
सोमबार, २९ असार २०८३, १८ : ५३
पोखरा । बालयौन दुर्व्यवहारको आरोपमा पोखराका एक प्रधानाध्यापक पक्राउ परेका छन् । पोखरा–१२ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक रुद्र रानाभाटलाई उजुरीका आधारमा सोमबार प्रहरीले पक्राउ गरेको हो ।
उनलाई कास्की जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी वीरेन्द्र पासवानले जानकारी दिए ।
'उहाँलाई नियन्त्रणमा लिइएको छ । विद्यार्थीले दिएको उजुरीको आधारमा नियन्त्रणमा लिइएको हो,'उनले भने,'म्याद थपेर अनुसन्धान गरिरहेका छौँ।'
रानाभाटले लामो समयदेखि बालबालिकालाई विभिन्न प्रलोभन देखाउने, अनुचित प्रस्ताव राख्ने, शरीरका संवेदनशील अङ्गहरूमा छुने गरेपछि उजुरी दिइएको आरोप छ । रानाभाटले घटनाबारे अरूलाई भने परिणाम नराम्रो हुने धम्की दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
-
जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण