८० वर्षपछि पहिलोपटक जनसंख्या घट्यो
नेपालको जनसंख्या वृद्धिदर ८० वर्षपछि पहिलोपटक घटेको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार जनगणनाको तथ्यांक सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जनाएको छ । अघिल्लो जनगणनाको तुलनामा यसपटक नेपालको जनसंख्या २७ लाखले बढेको छ । यसपटकको जनसंख्या वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत रहेको छ । अघिल्लो जनगणनामा नेपालको जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेको थियो । जनसंख्या घट्नुमा नेपालमा जनसंख्या नियन्त्रणका लागि ३० वर्षदेखि चालिएको प्रयासले सार्थकता पाएको विज्ञहरू बताउँछन् ।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक जनसंख्याविद् पद्मप्रसाद खतिवडा जनसंख्या नियन्त्रणका प्रयासहरूले सफलता पाए पनि यसरी जनसंख्याको वृद्धिदर घट्नु मुलुकका लागि चिन्ताको विषय भएको बताउँछन् । नेपालको जनसंख्या नियन्त्रणबाट व्यवस्थापन गर्ने भनिए पनि राज्यको प्रयास निरर्थक रहेको उनको धारणा थियो । नेपालमा जनसंख्याको वृद्धिदरमा आएको असन्तुलनले तराईका अधिकांश भागमा अत्याधिक जनसंख्या हुने र उच्च पहाडी तथा हिमाली भेगमा भने जनसंख्या शून्यको अवस्थामा आउने भएकाले राज्यले उच्च पहाडी र हिमाली क्षेत्रमा भने जनसंख्या नियन्त्रण नगरी त्यस क्षेत्रमा जनसंख्या बढाउने काम गर्नुपर्ने खतिवडाले बताए । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण