दुर्गेशको नयाँ गीत पैसामा पनि छाडा शब्द
शुक्रबार, १४ माघ २०७८, २१ : २१
गायक दुर्गेश थापा जहिले पनि गीत विवादमा छाउने हिसाबले बनाउँछन् । गीत विवादित भयो भने चर्चा हुन्छ, चर्चा भए हिट र हिट भए पैसा कमाउने उनको मान्यता पहिले देखिनै रहँदै आएको छ । त्यही मान्यताका साथ उनले नयाँ गीत ‘पैसा’ पनि बनाएका छन् । जुन गीतमा उनले आपत्तिजनक र छाडा शब्दहरू समेत प्रयोग गरेका छन् ।
रक शैलीमा तयार गीतमा उनले ‘पैसा’ लाई सर्वाेपरी रुपमा प्रस्तुत गरेका छन् । गीतमा शब्द संगीत समेत उनकै रहेको छ । गीतको भिडियोलाई रुपेश थापाले निर्देशन गरेका हुन् । भिडियो पनि दुर्गेशले अश्लिल हाउभाउका साथ बनाएका छन् । गीत हेर्दा दुर्गेशले विवादमा आउने र चर्चा पाउने उदेश्यले बनाएको सजिलै अनुमान गर्न सकिन्छ ।
यस अगाडि पनि उनले थुप्रै गीत विवादमा ल्याएर हिट बनाएका थिए । यो गीत पनि हिट बनाउन उनले सोही तरिका अप्नानाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण