जनगणना २०७८ : १० वर्षमा ३२ जना मात्रै वृद्धि
२०६८ सालको जनगणनाअनुसार सल्यानस्थित दार्मा गाउँपालिकाको जनसङ्ख्या १९ हजार ९६६ थियो । २०७८ को प्रारम्भिक जनगणनाअनुसार यहाँको जनसङ्ख्या मात्र ३२ जनाले बढेको छ । यसभन्दा अघि गाउँपालिका आफैले गणना गर्दा २३ हजार ४ सय १८ जनसङ्ख्या रहेको तथ्याङ्क निकालेको थियो ।
१० वर्षपछि भएको जनगणनामा दार्मा गाउँपालिकाको जनसङ्ख्या ३२ जनाले मात्र बढ्नु प्रारम्भिक गणना नै त्रुटिपूर्ण भएको गाउँपालिकाकाले जनाएको छ । गाउँपालिकामा उल्लेख्य बसाइसराइ र अस्वाभाविक मृत्युदर पनि नभएको भन्दै गाउँपालिकाले गणकलाई त्रुटिपूर्ण तथ्याङ्क सङ्कलन गर्दा आफ्नो पालिकाको यथार्थ जनसङ्ख्या आउन नसकेको बताएको छ ।
गाउँपालिकाको जन्मदर पनि ठिकै भएको गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले बताए । अध्यक्ष केसीले उक्त तथ्यांकप्रति सामाजिक सञ्जालमै असन्तुष्टि व्यक्त गरेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण