सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टाटा समूहको वेब सिरिज तयारी

सोमबार, १७ माघ २०७८, ०८ : ३७
सोमबार, १७ माघ २०७८

भारतको टाटा समूह विश्वकै सबैभन्दा ठूलो कारोबारी घरानामा पर्दछ । जमशेदजी टाटाले टाटा समूह सुरुवात गरेका थिए र आज यो समूह विश्वकै सबैभन्दा ठूलो व्यापारिक समूहमध्ये एकमा पर्दछ । भनिन्छ, जमशेदजीले मात्र २१ हजार रुपैंयाँमा जुन टाटा समूहको सुरुवात गरेका थिए, आज उनको कम्पनीको टर्नओभर कैयौं लाख करोडमा पर्दछ ।

यति ठूलो कम्पनीको इतिहास दुई सय वर्ष पुरानो छ र यहाँसम्म पुग्नका लागि यसका कैयौं प्रेरक कथा छन् । जसलाई अब दर्शकमाझ वेब सिरिजको रुपमा ल्याउने योजना बनिरहेको छ । अलमाइटी मोसन पिक्चरले टाटा समूहमाथि वेब सिरिज बनाउने घोषणा गरेको छ ।

इरोटिक शो ‘मस्तराम’ बनाएको प्रोडक्सन कम्पनी अलमाइटी मोसन पिक्चरले टाटा समूहमाथि वेब सिरिज बनाउनका लागि हालै पत्रकार गिरीश कुबेरको किताब ‘द टाटाजः हाउ ए फेमिली ब्युल्ट ए बिजनेस एण्ड ए नेसन’को अधिकार किनिसकेको छ ।

अलमाइटी मोशन पिक्चरकी प्रमुख प्रभलीन कौर सन्धुले आफूसँग पुस्तकको अधिकार रहेकाले वेब सिरिजलाई न्यूनतम ३ सीजन बनाउने योजना रहेको बताइन् । उनका अनुसार शोले केवल रतन टाटाको नभई उनको वंशजहरुको जिन्दगीको पर्दालाई दर्शकमाझ देखाउनेछ ।

सिरिजमा टाटा परिवारले कसरी यति ठूलो कारोबारी साम्राज्य तयार पार्यो भन्ने मात्र देखाइने छैन, टाटा परिवारले देश निर्माणमा कसरी योगदान दियो भन्ने कुरालाई पनि प्रस्तुत गरिनेछ ।

सिरिजको पहिलो सिजनको सुटिङ आगामी ७ महिना पछि सुरु गर्नेछ । हाल यसको प्री–प्रोडक्सनको काम सुरु गरिएको छ । स्क्रिप्टसँगै अनुसन्धानको काम एकसाथ भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप