प्रधानमन्त्री देउवा र ठाकुरबीच भेटवार्ता : माग सम्बोधनबारे देउवालाई प्रश्न
बिहीबार, २० माघ २०७८, २१ : ३०

प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्ना मागहरुबारे पुनः स्मरण गराएका छन् । बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गर्दै ठाकुरले आफूहरुले यसअघि उठाएको मागबारे के भइरहेको छ भन्दै प्रधानमन्त्रीलाई प्रश्नसमेत गरेका थिए ।
देउवाले प्रधानमन्त्री हुँदा आफूहरुको माग सम्बोधन गर्छु भनेको स्मरण गराउँदै ठाकुरले त्यसबारे प्रश्न गरेको उनी निकट एक नेताले बताए । लोसपाले संविधान संशोधन, रेशम चौधरी लगायतको रिहाइ र मधेश आन्दोलनमा लागेका मुद्दा फिर्ता, नागरिकता समस्या समाधान लगायतको माग राख्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् जोखिम न्यूनीकरणको तयारीमा लाग्न प्रचण्डको आग्रह
-
इजरायल–इरान युद्ध : नेपालीहरूको सुरक्षा र उद्धारका विषयमा छलफल
-
बीपी राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक
-
नेपालीहरूको उद्धार गर्न परराष्ट्र मन्त्रालयमा युनिट बनाइने
-
ढुण्डिराज लोकतन्त्रमा जनता अधिकार सम्पन्न बन्नुपर्छ भन्ने मान्यता राख्ने नेता हुनुहुन्थ्याे : राष्ट्रपति
-
ललितपुर महानगरले कलेज अफ आर्ट स्थापना गर्ने