नागढुंगाबाट १८ सय एम्पुल लागुऔषधसहित एक युवक पक्राउ
आइतबार, २३ माघ २०७८, ११ : ०३
काठमाडौंको नागढुंगा चेक प्वाइन्टबाट प्रहरीले लागु औषध सहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको ईशनाथ नगरपालिका–९ घर भएका २१ वर्षीय संजय कुमार महतो छन् ।
रौतहटको गौरबाट ना.७ ख ४७४९ नम्बरको बसमा काठमाडौं आएका महतोलाई शनिवार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
उनको साथबाट प्रहरीले ६ सय एम्पुल डाइजेपाम, ६ सय एम्पुल फेनारगन र ६ सय एम्पुल नुर्फिन बरामद गरेको छ । आरोपीलाई लागु औषध नियन्त्रण ऐन अनुसार महानगरीय प्रहरी वृत थानकोटले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण