प्रधानमन्त्री देउवाले एमसीसीलाई लेखेको पत्रबारे पार्टीमा कुरा उठाउँछौं : विश्वप्रकाश शर्मा
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गर्न लिखित प्रतिबद्धता जनाएको विषयमा पार्टीमा गम्भीर छलफल गर्ने बताएका छन् ।
प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सदनबाट अनुमोदन गर्न लिखित प्रतिबद्धता गरेको खुलेपछि शर्माले यस्तो प्रतिक्रिया दिएका हुन् ।
आफ्नो पार्टीका सभापतिलाई जोडेर एमसीसी अनुमोदन गर्न लिखित प्रतिबद्धता नै भएको खुलेपछि यसबारे थप अध्ययन गरेर पार्टीको आगामी २७ माघमा बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा छलफल गर्ने उनले बताए ।
‘पार्टीको बैठकमा छलफल गरेपछि मात्रै यस विषयमा कसरी अघि बढ्ने छ,’ उनले भने । एमसीसी अनुमोदन गराउने लिखित प्रतिबद्धता गरेको भन्नेसम्मको सूचना मात्रै बाहिरिएकाले यसबारे थप अध्ययन गरेर मात्रै थप धारणा दिने उनको भनाइ छ । -न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण