कर्णालीमा फागुन १ गतेदेखि शैक्षिक संस्था खोल्ने निर्णय
जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सुर्खेतले फागुन १ गतेदेखि जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा मङ्गलबार बसेको केन्द्रको बैठकले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकले खोप लगाउनुपर्ने उमेर समूहका विद्यार्थीलाई तत्काल खोपको प्रबन्ध मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । विद्यालय सञ्चालन गर्दा १२ वर्ष पुरा भएका विद्यार्थीका हकमा नियमित रुपमा तथा १२ वर्ष पुरा नभएका विद्यार्थीका हकमा आलोपालो दिनमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी रिजालले कोभिड १९ को नयाँ भेरियन्टको प्रभाव बढ्दै गएको अवस्थामा विभिन्न कार्यालयबाट सेवा प्रवाह गर्दा हाल लागु गरिएको आलोपालो र बार प्रणाली हटाइ पूर्ववत् रुपमा सेवा प्रवाह गर्ने र जनस्वास्थ्यका मापदण्डको पूर्णपालना गराउन सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिने बताए ।
बैठकले वीरेन्द्रनगरस्थित सबै किसिमका पार्कहरुमा जनस्वास्थ्यका मापदण्ड पालना गर्दै खुला राख्ने निर्णय गरेको छ । कोभिडको नयाँ भेरियन्टको प्रभाव बढ्न थालेपछि यहाँका बुलबुले उद्यान, सहिद पार्क लगायतमा प्रवेश रोक लगाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण