मोटरसाइकल दुर्घटनामा एक इञ्जीनियरको मृत्यु
रम्भा गाउँपालिका–२ सुरुडाँडामा मोटरसाइकल दुर्घटनामा इञ्जीनियर पदमा कार्यरत कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुने पूर्वी रुकुमको भूमे गापा–४ घर भई हाल रम्भा गाउँपालिका बस्दै आएका २३ वर्षीय रविन दमै छिनाल रहेको प्रहरीले जनाएको छ ।
रम्भा–१ हुँगीबाट ताहँुतर्फ आउने क्रममा लु६७प ४७८७ नंको मोटरसाइकल अनियन्त्रित भई सुरुडाँडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताउनुभयो । मोटरसाइकल २०० मिटर तल खस्दा छिनालको मृत्यु भएको थियो ।
त्यसैगरी रैनादेवी छहरा गाउँपालिका–२ आरीगैरामा लडेर पुरुषको मृत्यु भएको छ । मृत्यु हुने रैनादेवी छहरा–२ दिगका ५८ वर्षीय नरबहादुर राना रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सडकबाट २५० मिटर तल मृतावस्थामा रानाको शव भेटिएको थियो । रैनादेवीको तासिन्गलबाट सर्देवातर्फ जाने क्रममा दुर्घटनामा परेको स्थानीय बासिन्दाले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण