मोटरसाइकल दुर्घटनामा एक इञ्जीनियरको मृत्यु

रम्भा गाउँपालिका–२ सुरुडाँडामा मोटरसाइकल दुर्घटनामा इञ्जीनियर पदमा कार्यरत कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुने पूर्वी रुकुमको भूमे गापा–४ घर भई हाल रम्भा गाउँपालिका बस्दै आएका २३ वर्षीय रविन दमै छिनाल रहेको प्रहरीले जनाएको छ ।
रम्भा–१ हुँगीबाट ताहँुतर्फ आउने क्रममा लु६७प ४७८७ नंको मोटरसाइकल अनियन्त्रित भई सुरुडाँडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताउनुभयो । मोटरसाइकल २०० मिटर तल खस्दा छिनालको मृत्यु भएको थियो ।
त्यसैगरी रैनादेवी छहरा गाउँपालिका–२ आरीगैरामा लडेर पुरुषको मृत्यु भएको छ । मृत्यु हुने रैनादेवी छहरा–२ दिगका ५८ वर्षीय नरबहादुर राना रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सडकबाट २५० मिटर तल मृतावस्थामा रानाको शव भेटिएको थियो । रैनादेवीको तासिन्गलबाट सर्देवातर्फ जाने क्रममा दुर्घटनामा परेको स्थानीय बासिन्दाले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महको बजारीकरणमा समस्या, २१ टन मौज्दातमा
-
अन्नपूर्ण चर्चित भयो तर गुमनाम छ हार्जोग हिँडेको बाटो
-
सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउने तयारी सुरु
-
नागढुंगाबाट ४५ लाखको सुनसहित भारतीय नागरिक पक्राउ
-
माधव नेपालको बदनियत देखाउन यस्ता छन् अख्तियारले लिएका आधार
-
विकासको चाहनालाई पूरा गर्ने शिक्षा अहिलेको आवश्यकता : राष्ट्रपति पौडेल