मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सत्तापक्षले महाभियोग सिलसिलाको विजारोपण गर्‍यो :  विष्णु रिमाल

आइतबार, ०१ फागुन २०७८, १४ : ३९
आइतबार, ०१ फागुन २०७८

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि महाभियोग प्रस्ताव दर्ता गरेर सत्तापक्षले महाभियोग सिलसिलाको विजारोपण गर्दै सर्वोच्च अदालतलाई हुँडल्ने काम गरेको बताएका छन् ।

‘अहिलेको अवस्थामा सर्वोच्च अदालतलाई फेरि विवादमा ल्याउने र हुँडल्ने काम गरिएको छ’,‘सत्ता पक्षले महाभियोगको सिलशिलाको विजारोपण गरेर अत्यन्त हानिकार, अनुचित, र अनुत्तरदायी काम गरेको छ’ रिमालले भनेका छन् । उनले आइतबार दिउँसो ट्वीट गर्दै भनेका छन्, ‘यो कार्य वैशाख ३० मा निर्धारित स्थानयि तहको चुनाव रोक्ने षड्यन्त्रको एउटा अंग हुनसक्छ ।’

आईतबार सत्ता पक्षका ९८ सांसदले प्रधानन्यायाधीश राणामाथि महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप