सहकारी बैंकले निक्षेपमा साढे १३ प्रतिशत ब्याज दिने
राष्ट्रिय सहकारी बैंकले निक्षेपमा अधिकतम १३.५० प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले फागुन महिनाका लागि नयाँ ब्याजदर प्रस्ताव गर्दै निक्षेपकर्ताहरुलाई न्यूनतम ४.५० प्रतिशतदेखि मुद्दती निक्षेपमा अधिकतम १३.५० प्रतिशतसम्म ब्याज दिने भएको हो ।
नयाँ ब्याजदर सार्वजनिक गरेको सहकारी बैंकले साधारण बचतमा ४.५० देखि ८.५० प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने जनाएको छ भने यस्तै मुद्दती निक्षेपमा १०.७५ प्रतिशतदेखि अधिकतम १३.५० प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बैंकले हाल १९ प्रकारका साधारण बचत खाता सञ्चालनमा ल्याएको छ भने ८ प्रकारका मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।
तर, यता कर्जा तर्फ बैंकले ९ देखि १२ प्रतिशतसम्म ब्याज लिने जनाएको छ । बैंकले हाल विभिन्न २२ प्रकारका शीर्षकमा व्यवसायिक कर्जा प्रदान गर्दै आएको छ । एक मात्र राष्ट्रिय सहकारी बैंकले हाल प्रारम्भिक सहकारी संस्था, विषयगत तथा केन्द्रीय संघहरूसँग मात्र बचत तथा ऋणको कारोबार गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण