बन्दले पोखरा सुनसान, बन्दकर्ताले गाडी तोडफोड गरे
बुधबार, ०४ फागुन २०७८, ११ : ०५

एमसीसीको विरोधमा ६ दलीय गठबन्धनले आयोजना गरेको नेपाल बन्दको असर पोखरामा पनि परेको छ । बिहानैदेखि बन्दकर्ता चोकचोक भने बजार ठप्प प्राय छ । बन्दका कारण नगरबसहरु चलेका छैनन् । लामो दूरीका गाडीसमेत छुटाउन नसकिएको पृथ्वी राजमार्ग बस प्रालिका अध्यक्ष योगेन्द्र केसीले बताए ।
‘कहाँ के हुन्छ थाहा छैन । रिस्क लिएर चलाउन सकिएन,’ उनले भने । पोखरामा निजी गाडीहरु अलिअलि चलेका छन् । मुख्य मुख्य चोकहरूमा बाक्लो रूपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । बन्दकर्ताले टायर बालेर बन्दलाई कडा बनाएका छन् ।
कास्कीमा अप्रिय घटना नभएको र सुरक्षा ब्यवस्था कडा बनाएको प्रहरी प्रबक्ता सुन्दर तिवारीले जानकारी दिए । लेखनाथमा बन्दकर्ताले बिहान सूर्य नेपालको गाडी तोडफोड गरेका थिए । शङ्कास्पद गतिविधि गर्ने एक जनालाई नियन्त्रणमा लिएर राखेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता
-
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा
-
देशको नाम उच्च राख्न खेलाडीको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री लामा