रुकुम पूर्वमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
बुधबार, ०४ फागुन २०७८, ०७ : ००
रुकुम पूर्वको भुमे गाँउपालिका–४ कराल बगरमा हिजो साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक सहित चार जना घाइते भएका छन् ।
मृत्यु हुनेमा भुमे गाँउपालिका–८ का १८ वर्षीय सुनिल रोका रहेका छन् । रोकालाई उपचारका लागी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका मध्ये तीन जनाको जिल्ला अस्पताल रुकुममा उपचार भइरहेको छ भने र एक जनालाई उपचारका लागी दाङ तर्फ पठाइएको छ ।
रा १ त ३२ ४५ नम्बरको ट्याक्टर मंगलबार साँझ ६ बजे अनियन्त्रित भएर सडकदेखी अन्दाजी ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण