दीपकको फिल्ममा भारतीय अभिनेत्री तनिष्ठा
भारतीय अभिनेत्री तनिष्ठा चटर्जी नेपाली फिल्म ‘द स्काइ इज माइन’ देखिने भएकी छन् । निर्देशक दीपक रौनियारले फिल्मको मुख्य भूमिकाको लागि चटर्जी छनौट गरेको अंग्रेजी अनलाइन भेराइटी डटकमले जनाएको छ । दक्षिण एसियाको जातिय प्रथाको बिषयमा बन्न लागेको यो फिल्म दीपकले डेविड बार्कर र आशा मगरतीसँग मिलेर लेखेका छन् ।
फिल्ममा चटर्जीले ममताको भुमिकामा देखिनेछिन् । फिल्मको मुख्य भुमिकाका लागि आशा मगराती र दयाहाङ राई पनि छनौटमा परेका छन् ।
दीपक नचिने पनि फिल्मको कथा मनपरेकोले अभिनय गर्न लागेको चटर्जीले बताइन् । निर्देशक रौनियारले तनिष्ठाको करिअरलाई आफुले बिगत १० वर्षदेखि पछ्याइरहेकोले ममताको भुमिकामा प्रफेट देखेको बताए ।
रौनियार फिल्मको छायांकन बैशाखबाट सुरु गर्ने तयारीमा छन् । फिल्म ‘हाइवे’ र ‘ह्वाइट सन्’ बाट वाहवाही बटुलेका रौनियारको सर्ट फिल्म ‘फोर नाइट्स’ अहिले बर्लिन फिल्म फेस्टिभलमा प्रदर्शन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण