कालिकोटमा १८ हजार मतदाता थपिए
कालिकोटमा १८ हजार ११५ मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा ६४ हजार ९६१ मतदाता रहेकामा हाल जिल्लाको मतदाता सङ्ख्या थपिएर ८३ हजार ७६ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
कालिकोटको मतदाता सङ्ख्याको अद्यावधि गरेर निर्वाचन आयोगलाई पठाइएको र मतदाता सङ्ख्यामा वृद्धि भएको कार्यालयका सूचना अधिकारी लक्ष्मणबहादुर शाहीले बताउनुभयो । जिल्लाका नौ स्थानीय तहमध्ये सबैभन्दा बढी मतदाता नरहरिनाथ गाउँपालिका र सबैभन्दा कम महावै गाउँपालिकामा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
नरहरिनाथ गाउँपालिकाको मतदाता सङ्ख्या १२ हजार ८१७ र महावै गाउँपालिकाको पाँच हजार ५४८ रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख धनबहादुुर मल्लले जानकारी दिनुभयो । कार्यालय प्रमुख मल्लका अनुसार खाँडाचक्र नगरपालिकामा ११ हजार ५७७, रास्कोट नगरपालिकामा १० हजार ५३६ र तिलागुफा नगरपालिकामा १० हजार २६ मतदाता रहेका छन् ।
त्यस्तै पलाँता गाउँपालिकामा आठ हजार १७७, पचालझरना गाउँपालिकामा सात हजार ५०४, शुभकालिका गाउँपालिका नौ हजार २८ र सान्नी त्रिवेणी गाउँपालिकामा सात हजार १९३ मतदाताको सङ्ख्या रहेको निर्वाचन कार्यालय प्रमुख मल्लले जानकारी दिनुभयो । त्रीयासी हजार ७६ मतदाता सङ्ख्यामध्ये ४३ हजार १३८ पुरुष र ३९ हजार ९३८ महिला मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
मतदाताको सङ्ख्या अद्यावधि गरेर केन्द्रीय निर्वाचन आयोगमा पठाइएको दोहोरिएका मतदाताको नामावली सच्याएर फागुन १३ गरेर संशोधनसहित कार्यालयमा आइपुग्ने र त्यसपछि मतदाताको नामावली स्थानीय तहमा पठाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण