मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

शनिबार, ०७ फागुन २०७८, १८ : ३३
शनिबार, ०७ फागुन २०७८

सुर्खेतको हर्रेमा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा भेरीगंगा नगरपालिका– १० का २० वर्षीय रविन सिंजाली र सोही ठाउँका १७ वर्षीय योगेश बुढा रहेको प्रहरीले जनाएको छ ।

छिन्चुबाट कोहलपुरतर्फ जाँदै गरेको लु ८० प ८४९३ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा  प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीका अनुसार घटना शुक्रबार साँझै भएपनि उनीहरूको शव शनिबार मात्र फेला परेको हो । मोटरसाइकल रत्न राजमार्गदेखि झण्डै दुईसय मिटर तल खसेको देखिन्छ,’घर्तीले भने।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप