वृद्धाश्रमको भान्सा घर बनाउन ४० लाख दिने कर्णालीका मुख्यमन्त्रीको घोषणा
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले वृद्धाश्रमको भान्सा घर बनाउनका लागि ४० लाख दिने घोषणा गरेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मा रहेको प्रशान्ति वृद्धाश्रममा चालू आर्थिक वर्षभित्रै ४० लाखको लागतमा वृद्धवृद्धाहरूलाई खाना खानका लागि नयाँ भवनको निर्माण गर्ने घोषणा गरेका हुन् ।
७२ औं प्रजातन्त्र दिवसको अवसर पारेर वृद्धाश्रममा राहत वितरण गर्न गएका उनले वृद्धाश्रमको माथिल्लो तलामा रहेको भान्छा घरमा गएर खाना, खाजा खान वृद्धवृद्धाहरूलाई समस्या भएको उल्लेख गर्दै त्यसदाई प्रदेश सरकारले बनाइदिने वचन दिएका थिए ।
साथै बादी सरोकार मञ्चको आश्रयमा रहेका ८० जना बालबालिकाहररूलाई आफ्नो व्यक्तिगत खर्चमा पोशाक उपलब्ध गराउने घोषणा समेत गरेका छन् । शाहीले शिक्षानै जीवन भएकाले विभिन्न निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई स्कुल पोशाक उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण