कर्णालीमा एक वर्षमा ३९६ वटा मानवअधिकार उल्लंघनका घटना
कर्णालीमा एक वर्षमा ३ सय ९६ वटा मानवअधिकार उल्लंघनका घटना घटेका छन् । सन २०२१ मा पीडित भएकामध्ये मानवअधिकार उल्लंघनका घटनामा ४ महिला र ३० पुरुष गरी ३४ जना तथा ज्यादतीका घटनामा ३ सय २० महिला र ७६ जना पुरुष गरी ३ सय ९६ जना पीडित भएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले शनिबार सार्वजनिक गरेको बर्ष पुस्तक २०२२ अनुसार उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो । तथापि यो तथ्याङ्क विगतभन्दा केही सुधार भएको इन्सेकको निष्कर्ष छ । सन् २०२० मा मानवअधिकार उल्लंघनका घटनामा ७ महिला र ५१ पुरुषसहित ५८ जना पीडित भएका थिए भने ज्यादतीका घटनामा ३ सय ३२ महिला र ९४ जना पुरुषसहित ८४ जना पीडित भएका थिए ।
इन्सेकको तथ्याङ्कका आधारमा कर्णाली प्रदेशको मानवअधिकारमा केही सुधार आएपनि कारागारमा मृत्यु, परिवारबाटै भएका हत्या र धम्कीका घटना भने बढी अभिलेख भएको पाइएको छ । यस्तै जातीय विभेदका घटनामा समेत खासै सुधार नभएको पाइएको छ । सन् २०२१ मा दुई जनाको कारागारमा मृत्यु भएको, २० जना महिला र १४ जना पुरूषगरी ३४ जनाको हत्या भएको र धम्कीका घटनाबाट १२ जना पीडित भएको इन्सेकले अभिलेख गरेको छ ।
यस्तै ८३ जना बालिका र एकजना बालक बाल अधिकारका घटनामा पीडित भएका छन् । घटनामा सबैभन्दा बढी महिलाहरू पीडित भएको देखिएको छ । महिला हिंसाका घटनामा २ सय ५ जना पीडित भएको अभिलेख छ । बलात्कारका घटनामा ८०, बलात्कार प्रयासका घटनामा ६ र यौन दुर्व्यवहारका घटनामा २९ जना गरी १ सय १५ जना पीडित भएका छन् ।
इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले कर्णालीका जिल्लाहरुका कारागारमा क्षमताभन्दा कैदी बन्दी बढी राखिएकाले व्यवस्थापनमा समस्या भएको बताए । १० जिल्लाका कारागारको क्षमता ६ सय ८६ जना राख्न रहेकोमा सन २०२१ को अन्त्यमा १ हजार ९८ कैदी बन्दी कारागारमा रहेको तथ्याङ्क पाइयो,’ उनले भने, ‘यो अवस्थाले कैदी वन्दीले न्युनतम मानव अधिकारको उपभोग गर्न पाइरहेका छैनन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण