बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मधेस प्रदेशमा अब २२ जिल्ला समेटिनुपर्छ :  राजेन्द्र महतो

शनिबार, ०७ फागुन २०७८, २१ : ४८
शनिबार, ०७ फागुन २०७८

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले २२ वटा जिल्लालाई समेटेर एक मधेस प्रदेश बनाउन संघर्ष गर्ने बताएका छन् ।  नेता महतोले अहिलेसम्म भएका आन्दोलनहरु ८ वटा जिल्ला समेटेर निर्माण गरिएको मधेस प्रदेशका लागि नभएको बताए । शनिबार जटहीमा आयोजित लोसपा नगराइन नगर अधिवेशनमा बोल्दै पूर्वमन्त्री समेत रहेका महतोले मधेश आन्दोलन अधिकार प्राप्तिका लागि भएको समेत जिकिर गरे ।

महतोले भने, ‘हामीले २२ वटा जिल्लाका लागि अधिकार प्राप्तिका लागि आन्दोलन गरेका थियौँ, न कि ८ जिल्लाका लागि मात्रै ।’ तर अहिले ८ वटा जिल्ला समेटेर निर्माण गरिएको मधेश प्रदेशलाई उपलब्धी कै रुपमा लिनुपर्ने उनले बताए । 

वरिष्ठ नेता महतोले पहिचान र अधिकारका लागि अहिले पनि संघर्ष जारी रहेको बताए । उनले भने, ‘हामीले स्वायत्त प्रदेशका लागि लडाई गरेका थियौँ, तर अधिकारविहिन प्रदेश पाएका छौँ, पूर्ण अधिकार प्राप्तिका लागि अझै पनि संघर्षको आवश्यकता रहेकाले संघर्ष जारी नै छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप