रुसले १९४५ पछि कै ठूलो युद्धको योजना बनाइरहेको छ : जोनसन

रुसले युरोपमा सन् १९४५ पछिकै ठूलो युद्धको योजना बनाइरहेको तथ्यहरुले सङ्केत गरेको बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दाबी गरेका छन् । बीबीसी अन्तरवार्तामा जोनसनले योजना कार्यान्वयन सुरु पनि भइसकेको बताएका हुन् ।
खुफिया जानकारी अनुसार रुसले आक्रमण सुरु गरेर युक्रेनको राजधानी किएभलाई घेर्ने योजना बनाएको जोनसनको भनाइ थियो । ‘यदि त्यो भयो भने मानिसहरूको ज्यानको ठूलो मूल्य चुकाउनु पर्ने कुरालाई सबैले बुझ्न जरुरी छ,’ उनले भने । वार्षिकरुपमा गरिने सुरक्षासम्बन्धी बैठकमा सहभागी हुने म्युनिखमा रहेका जोनसनको यो भनाइ आएको हो ।
उता, अमेरिकाले पनि युक्रेनको सीमामा १ लाख ६९ हजार देखि १ लाख ९० हजार रुसी सैनिक तैनाथ रहेको दाबी गरेको छ । पश्चिमा मुलुकहरूले युक्रेनमाथि रुसले आक्रमण गर्ने योजना बनाइरहेको दाबी गरिरहँदा रुसले भने सबै आरोपहरूको खण्डन गर्दै आइरहेको छ । आफ्नो सेनाले सो क्षेत्रमा सैन्य अभ्यास गरिरहेको रुसको भनाइ छ ।
‘के अब रुसले युक्रेनमाथि आक्रमण गर्नै लागेको हो ?’ भन्ने प्रश्नमा जोनसनले भने, ‘मैले डरका साथ भन्नुपर्छ, प्रमाणहरूले त्यतातर्फ नै सङ्केत गर्छ । तथ्यले के भन्छ भन्छ भने त्यो योजना सुरु पनि भइसकेको छ ।’ अमेरिकी राष्ट्रपति जो बाइडेनले पश्चिमा राष्ट्रहरूलाई रुस युक्रेनमा पूर्वबाट मात्र नभएर बेलारुस र किएभको नजिकको क्षेत्रमा प्रवेश गर्ने तयारी गरिरहेको खुफिया जानकारी प्राप्त भएको कुरा साझा गरेको पनि जोनसनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
राजदूत घिमिरेद्वारा राजा चार्ल्ससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
फेरि अर्की नेपाली मृत फेला परेपछि एबीभीपीले भन्यो– केआईआईटीविरूद्ध तत्काल कडा कारबाही होस्
-
म्यान्चेस्टर युनाइटेड र टोटनह्याम युरोपा लिगको फाइनल दौडमा
-
युरोप अब ओरालो लागेको अमेरिकाको पछि लाग्नु हुँदैन
-
महाकालीको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल