असार ७ गतेसम्म तिब्बत क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
बुधबार, ०४ असार २०८२, १३ : ४२
सारांश
- सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले चीनको भोटेकोशी नदीमा अत्यधिक वर्षाको सम्भावनाबारे जानकारी गराएको छ।
- प्रशासनले भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ, किनकि बाढीको जोखिम छ।
- भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका लगायतका क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना जारी गरिएको छ।
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले असार ७ गतेसम्म चीनको भोटेकोशी नदी भई बग्ने तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने सम्भावना रहेको जानकारी प्राप्त भएको जनाएको छ ।
चीनको प्रहरी कार्यालयबाट उक्त सूचना प्राप्त भएको भन्दै प्रशासनले भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा जोखिम हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बुधबार जारी गरेको सूचनामा भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रको तटीय क्षेत्रमा बस्ने बासिन्दालाई आवश्यक सतर्कता अपनाउन भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण