सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा टिप्परको ठक्करबाट बालिकाको मृत्यु

आइतबार, ०८ फागुन २०७८, १० : ४७
आइतबार, ०८ फागुन २०७८

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर–८ मा टिप्परको ठक्करबाट बालिकाको मृत्यु भएको छ । बा.४ ख.७३५२  नम्बरको टिप्परको ठक्करबाट काभ्रेको महाभारत गाउँपालिका–२  घर भएकी ८ वर्षीया विनिता मगरको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डिएसपी) राजु पाण्डेले रातोपाटीलाई बताए ।

शनिवार साँझ टिप्परको ठक्करबाट गम्भिर घाइते भएकी बालिकाको उपचारको क्रममा मध्यपुर थिमी अस्पतालमा मृत्यु भएको हो । बालिकाका बुवा आमा सुडालस्थित बिएम इट्टा–भट्टामा काम गर्छन् । बालिकालाई ठक्कर दिने टिप्पर चालक भक्तपुर नगरपालिका–८ स्थित जेला बस्ने २७ वर्षीय राजेश कुश्मालाई प्रहरीले पक्राउ गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप