भक्तपुरमा टिप्परको ठक्करबाट बालिकाको मृत्यु
आइतबार, ०८ फागुन २०७८, १० : ४७
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर–८ मा टिप्परको ठक्करबाट बालिकाको मृत्यु भएको छ । बा.४ ख.७३५२ नम्बरको टिप्परको ठक्करबाट काभ्रेको महाभारत गाउँपालिका–२ घर भएकी ८ वर्षीया विनिता मगरको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डिएसपी) राजु पाण्डेले रातोपाटीलाई बताए ।
शनिवार साँझ टिप्परको ठक्करबाट गम्भिर घाइते भएकी बालिकाको उपचारको क्रममा मध्यपुर थिमी अस्पतालमा मृत्यु भएको हो । बालिकाका बुवा आमा सुडालस्थित बिएम इट्टा–भट्टामा काम गर्छन् । बालिकालाई ठक्कर दिने टिप्पर चालक भक्तपुर नगरपालिका–८ स्थित जेला बस्ने २७ वर्षीय राजेश कुश्मालाई प्रहरीले पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण