प्रचण्ड र माधव नेपाल एक ठाउँमा, एमसीसी संसदबाट अनुमोदन गर्न नसकिने
एमसीसीको विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल एक ठाउँमा उभिएका छन् । उनीहरुले संसदमा एमसीसी टेबल भएपनि यथास्थितिमा पास हुन नसक्ने बताएका छन् ।
अध्यक्ष नेपालले आइतबार राति सामाजिक सञ्जालमार्फत यथास्थितिमा एमसीसी संसदबाट अनुमोदन गर्न नसकिने पार्टीको २०७८ फाल्गुण ७ गते बसेको स्थायी कमिटीको बैठकको निर्णयप्रति प्रतिबद्ध रहेको बताएका छन् । असहमति र विरोधका बीच संसदमा टेबल गरिएको विषयप्रति सांसदहरूको नभइ सबै तहका जनताको विरोध वा समर्थन हुन हुन सक्ने बताएका छन् ।
यसो गर्न पाउनु संघर्षबाट स्थापित लोकतान्त्रिक एवम् जनताको अधिकारको बिषय भएको नेपालको भनाइ छ । ‘अतः संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै गरिएको प्रदर्शनमा गरिएको दमन र बल प्रयोगप्रति गम्भीर असहमति सहित बिरोध गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना एवम् उहाँहरूको सम्पूर्ण रूपमा उपचार व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउँछु’, नेपालले भनेका छन् ।
यसअघि प्रचण्डले आफ्नो पार्टी अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा रहेको बताएका थिए । आइतबार सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले आफ्नो पार्टी पहिलेदेखि नै एमसीसीको विरुद्धमा रहेको स्पष्ट गरेका हुन् ।
उनले लेखेका छन्, ‘विवाद र विरोधका बीच सरकारले एमसीसी टेबुल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ ।’ सरकारले आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेश गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण