चोरीको मोटरसाइकलसहित दुई पक्राउ
मङ्गलबार, १० फागुन २०७८, १४ : २७
ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित काठमाडौँको सामाखुसीबाट दुई जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले चोरीको मोटरसाइकलसहित महोत्तरी बर्दिबासका २० वर्षीय सञ्जय विश्वकर्मा र सङ्खुवासभा खाँदबारीका रमेश राईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले वास्तविक नम्बर प्लेट बा ८५ प ९०३४ लाई परिवर्तन गरेर प्रदेश ३–०२–१२ प ५५८२ नम्बरको प्लेट हालेर चलाएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । सन्तोष श्रेष्ठको नाममा रहेको उक्त पल्सर मोटरसाइकल यही पुसमा धुम्बाराहीबाट हराएको थियो । मोटरसाइकलसहित पक्राउ परेका उनीहरुलाई चोरी मुद्दामा अनुसन्धान एवं कारबाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाएको महाशाखा प्रमुख जोशीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण