मानव अधिकार आयोगले स्थानीय तह निर्वाचनको अनुगमन गर्ने
राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तहको निर्वाचनको अनुगमन गर्ने भएको छ । आयोगले बुधबार विज्ञप्ति जारी गर्दै आगामी वैशाख ३० गतेका लागि घोषणा स्थानीय निर्वाचनको मानव अधिकारको दृष्टिकोणबाट अनुगमन गर्ने जनाएको हो ।
यसबारेमा निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त, पूर्व आयुक्त तथा नागरिक समाजका प्रतिनिधिहरूसँग छलफल गरेको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए । छलफलका सहभागीहरुले आयोगले मानव अधिकारको दृष्टिकोणबाट विद्यमान निर्वाचन कानुनको संशोधन गर्न, समानुपातिक समावेशीता, लैंगिक समानता, मतदाता शिक्षा, अत्यधिक खर्चिलो निर्वाचन, निर्वाचनको निष्पक्षता र स्वच्छता, भयरहित वातावरण, निर्वाचन आचारसंहिताको पालनालगायतका विषयमा अनुगमन गर्नुपर्ने र विदेशमा रहेका नेपालीहरुको मतदानको अधिकारका विषयमा निर्वाचन आयोग र सरकारलाई सुझाव दिनुपर्ने धारणा राखेका छन् । आयोगका सदस्यहरुले निर्वाचन पूर्व, निर्वाचन अवधि र निर्वाचन पश्चात गरी तीन चरणमा अनुगमन गरी निर्वाचन आयोग र सरकारलाई सुझाव दिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण