मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

प्रिमियरमा पल अनुपस्थित भएपछि रोइन् पूजा

बिहीबार, १२ फागुन २०७८, ०८ : २१
बिहीबार, १२ फागुन २०७८

फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियरमा अभिनेत्री तथा फिल्मकी निर्माता पूजा शर्मा धुरुधुरु रोएकी छन् । बुधबार साँझ आयोजित प्रिमियरमा अभिनेता पल शाह उपस्थित हुन नसकेपछि आफ्नो फिल्म प्रति कसैको आँखा लागेको भन्दै उनी रोएकी  हुन् । अभिनेता पल शाह विरुद्ध करणीसम्बन्धी उजुरी परेपछि उनी कार्यक्रममा सहभागी हुन नसक्दा पूजा निकै भाबुक देखिएकी थिइन् । 

कीर्तिपुरको पाँगामा नयाँ खुलेको फिल्म हल ‘कीर्तिपुर कम्प्लेक्स’ मा साँझ ५ः३० मा आयाेजित प्रिमिएर पलकै कारणले करिब दुई घन्टा ढिलो सुरु भएको थियो । थुप्रै कलाकर्मी र रंगपत्रकार सहभागी प्रिमियरमा सहभागीले फिल्म हेर्न धेरैले फिल्मको बिषयमा राम्रो प्रतिक्रिया दिएका थिए ।

‘जोडी मनकामना जानुहुन्न भनेर बुढापाकाले भन्थे । हामी रियल नभएर रिल जोडी थियौ’ प्रिमियर​पछि संचारकर्मीसँग कुरा गर्दै पूजाले भनिन् ‘भनाइ हाम्रा लागि सत्य भयो ।’ पूजाले ‘म यस्तो गीत गाउँछु २’ राम्रो फिल्म बनाउने कोसिस समेत गरेको सुनाइन् ।
फिल्म निर्माणको समय लकडाउन, त्यसपछि रिलिजको समय फेरि हल बन्द भएको प्रसंग समेत सुनाउँदै पूजाले १३ गते फिल्म रिलिजको लागि आफु उत्साहित भएको बताइन् । ‘राम्रो फिल्म बनाएका छौं, दर्शकको साथ भए बाँच्छौँ’ उनले थपिन् । उनले फिल्म उद्योगमा धेरै संघर्ष गरेको समेत स्मरण गरिन् ।

सो अवसरमा फिल्म निर्माता समेत रहेका निर्देशक सुदर्शन थापाले पल शाहको विषयमा कानूनले निष्पक्ष न्याय दिने आस आफ्नो रहेको बताए ।

तीन बर्ष अगाडि नै निर्माण सम्पन्न भएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाको मुख्य भुमिका रहेको छ । फिल्म महाशिवरात्रिको छेको पारेर भोलि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप