कूटनीति संवादबाट युक्रेन संकटको समाधान खोज्न नेपालको आग्रह
नेपाल सरकारले संवाद र कूटनीतिका माध्यमबाट युक्रेन संक्रटको समाधान खोज्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ ।
युक्रेनमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताउँदै सरकारले त्यहाँ तनाव नबढाउन र सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह पनि गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर संयुक्त राष्ट्रसंघको सदस्यको हैसियतमा नेपालले संयुक्त राष्ट्रसङ्घको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्तहरू सर्वमान्य रहेका तथा सबै सदस्य राष्ट्रले तिनको पूर्णरूपमा सम्मान गर्नुपर्नेमा जोड दिएको छ ।
युक्रेनको डोनेट्स्क र लुहान्स्क क्षेत्रलाई स्वतन्त्र संस्थाका रूपमा मान्यता दिनु संयुक्त राष्ट्रसंघको बडापत्रको प्रावधानका विपरीत भएको जनाउँदै विज्ञप्तिमा “नेपालले कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देशविरुद्ध कुनै पनि शक्तिको प्रयोगको विरोध गर्दछ र कूटनीति र संवादबाट विवादको शान्तिपूर्ण समाधानमा विश्वास गर्दछ”, भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण