शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कूटनीति संवादबाट युक्रेन संकटको समाधान खोज्न नेपालको आग्रह

बिहीबार, १२ फागुन २०७८, १५ : १७
बिहीबार, १२ फागुन २०७८

नेपाल सरकारले संवाद र कूटनीतिका माध्यमबाट युक्रेन संक्रटको समाधान खोज्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ ।  

युक्रेनमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताउँदै सरकारले त्यहाँ  तनाव नबढाउन र सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह पनि गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर संयुक्त राष्ट्रसंघको सदस्यको हैसियतमा नेपालले संयुक्त राष्ट्रसङ्घको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्तहरू सर्वमान्य रहेका तथा सबै सदस्य राष्ट्रले तिनको पूर्णरूपमा सम्मान गर्नुपर्नेमा जोड दिएको छ । 

युक्रेनको डोनेट्स्क र लुहान्स्क क्षेत्रलाई स्वतन्त्र संस्थाका रूपमा मान्यता दिनु संयुक्त राष्ट्रसंघको बडापत्रको प्रावधानका विपरीत भएको जनाउँदै विज्ञप्तिमा “नेपालले कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देशविरुद्ध कुनै पनि शक्तिको प्रयोगको विरोध गर्दछ र कूटनीति र संवादबाट विवादको शान्तिपूर्ण समाधानमा विश्वास गर्दछ”, भनिएको छ ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप