एमालेको विरोधका बीच संसदमा एमसीसी सम्झौतामाथि सामान्य छलफलको प्रस्ताव पेस
आइतबार, १५ फागुन २०७८, ०५ : ००
प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरिएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदको विरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले प्रस्ताव पेस गरेका हुन् ।
प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदले अवरोध गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले ‘माननीय सदस्यहरु ! प्रतिनिधिसभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ’ भन्नासाथ एमाले सांसदहरु आफ्नो आसनबाट उठेर बेल घेराउ गर्न पुगेका छन् ।
एमाले सांसदहरुको नाराबाजीकै बीच सभामुखले बैठकको प्रकृया अघि बढाउँदै अर्थमन्त्री शर्मालाई सामान्य छलफलसम्बन्धी प्रस्ताव पेस गर्न अनुमति दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण