बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेको विरोधका बीच संसदमा एमसीसी सम्झौतामाथि सामान्य छलफलको प्रस्ताव पेस

आइतबार, १५ फागुन २०७८, ०५ : ००
आइतबार, १५ फागुन २०७८

प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरिएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदको विरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले प्रस्ताव पेस गरेका हुन् ।

प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदले अवरोध गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले ‘माननीय सदस्यहरु ! प्रतिनिधिसभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ’ भन्नासाथ एमाले सांसदहरु आफ्नो आसनबाट उठेर बेल घेराउ गर्न पुगेका छन् ।

एमाले सांसदहरुको नाराबाजीकै बीच सभामुखले बैठकको प्रकृया अघि बढाउँदै अर्थमन्त्री शर्मालाई सामान्य छलफलसम्बन्धी प्रस्ताव पेस गर्न अनुमति दिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप