आफ्नो कुकुरबिना युक्रेन छोड्न नमानेका भारतीय विद्यार्थी
इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत एक भारतीय विद्यार्थीले आफ्नो कुकुरबिना युद्धले आक्रान्त बनेको युक्रेनबाट बाहिरिन अस्वीकार गरेका छन् । पूर्व युक्रेनस्थित खारकिब नेशनल युनिभर्सिटी अफ रेडियो इलेक्ट्रोनिक्स रिसब कौशिकले कुकुरलाई पनि आफूसँगै उद्धार गराउनका लागि विभिन्न कागजात मिलाइरहेको तर त्यहाँका अधिकारीले लगातार थप कागजातको माग गरिरहेको उनले बताए ।
‘उनीहरुले मेरो एयर टिकट मागिरहेका छन् । युक्रेनको एयरस्पेस बन्द भइरहेको अवस्थामा मसँग कसरी टिकट हुन्छ ?’ उनले भने ।
कौशिकका अनुसार उनले दिल्लीमा रहेको भारतीय सरकारको एनिमल क्वारेन्टिन एन्ड सर्टिफिकेशन सर्भिस (एक्यूसीएस) र युक्रेनस्थित भारतीय दूतावासमा सम्पर्क गरेको तर यसले कुनै फाइदा नपुगेको उनले बताए ।
सोसल मिडियामा अपलोड गरिएको भिडियोमा उनले दिल्लीको आइजीआई एयरपोर्टमा आफ्नो स्थितिबारे जानकारी दिन फोन गरेको तर उताबाट ती व्यक्तिले दुर्व्यवहार गरेको र उनलाई कुनै सहायता नदिएको बताएका छन् । ‘भारतीय सरकारले मलाई कानुन बमोजिम नो अब्जेक्सन सर्टिफिकेट दिएको भए म यतिबेला भारतमा हुने थिएँ,’ उनले भने । कौशिक राजधानी किभको बंकरमा लुकिरहेका छन् । बंकरभित्र अत्यधिक चिसो भएकोले आफ्नो कुकुरलाई न्यानो पार्न साइरन, गोली बारुदका आवाजबीच पनि उनी बाहिर निस्किरहेको बताएका छन् ।
खारकिभमा यत्तिकै टहलिरहेको ‘मालिबु’ लाई उनले अघिल्लो वर्ष फेब्रुअरीमा भेटेका हुन् ।
‘मेरो उडान फेब्रुअरी २७ तारिखमा थियो तर म यहाँ अड्किएको छु,’ उनले भने । भिडियो फ्रेममा आफ्नो कुकुरलाई देखाउँदै उनले मालिबु असाध्यै तनावमा भएको र निरन्तरको बम बिस्फोटका कारण सधैँ भरी रोइरहेको बताए ।
‘तपाईंहरुले सक्नुहुन्छ भने कृपया हाम्रो सहयोग गर्नुहोस् । किभस्थित भारतीय दूतावासले पनि हामीलाई सहयोग गरिरहेको छैन । कसैले पनि हामीलाई केही जानकारी दिएको छैन,’ उनले भारतीय सरकारलाई अपिल गर्दै भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण