आलिया भन्छिन् - म रणवीरलाई प्रेम गर्छु
आलिया भट्ट अभिनित पछिल्लो फिल्म ‘गंगुवाई कठियावाडी’ प्रदर्शनरत छ । केहीले आलियाको अभिनयको प्रशंसा गरेका छन् भने केहीले नसुहाएको प्रतिक्रिया दिइएका छन् । संजयलीला भन्साली निर्देशित फिल्म भएकै कारण ‘गंगुवाई कठियावाडी’ चर्चामा छ । फिल्मसँगै आलियाको चर्चा नहुने कुरै भएन । त्यसो त फिल्मसँगै आलियालाई उनको प्रेम जीवनले पनि चर्चामा ल्याएको छ । केही समययता आलिया बलिउड अभिनेता रनवीर कपुरसँग प्रेममा छिन् । यो जोडी पहिलो पटक आयान मुकर्जीको फिल्म ‘ब्रह्मास्त्र’ मा देखिँदैछन् । फिल्मको प्राविधिक काम पूरा नभएकै कारण फिल्म गत वर्ष रिलिज हुन सकेन ।
साथै, यो प्रेम जोडीले विवाह गर्ने खबरले पनि उत्तिकै चर्चा पाइरहेको छ । आलिया पनि रनवीरको परिवारसँग नजिक भएकी छिन् । यो जोडीले बारम्बार बिहे गर्ने भनिए पनि आधिकारिक रुपमा मिडियामा बोलेका छैनन् ।
यद्यपि, पछिल्लो समय आलिया भने आफू प्रेममा रहेको स्वीकारेकी छिन् । प्रदर्शनरत फिल्म ‘गंगुवाई कठियावाडी’को प्रमोशनको क्रममा उनले आफू रनवीरसँग प्रेममा रहेको बताएकी हुन् । ‘बताउन पनि केही छैन र लुकाउन पनि,’ आलियाले भनेकी छिन् ।
इन्डियन एक्सप्रेससँग कुराकानी गर्दै उनले आफूले रनवीरलाई धेरै माया गर्ने बताएकी छिन् । ‘म आफ्नो प्रेम जीवनको बारेमा धेरै कुरा गर्न चाहँदिन, तर लुकाउन पनि चाहँदिन । म रनवीरसँग आफूलाई सहज महसुस गर्छु र उनलाई धेरै माया गर्छु,’ आलियाले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण