आयातमा कडाई गर्ने नीति लिएपछि बजारमा यस्ता दैनिक उपभोग्य वस्तुको अभाव

नेपाल राष्ट्र बैंकले व्यापारघाटा कम गर्न आयातमा कडाइ गर्ने नीति लिएपछि बजारमा उपभोग्य वस्तुको अभाव हुन थालेको छ ।राष्ट्र बैंकले विदेशबाट सामान आयातमा कडाइ गर्दै गत पुस महीनादेखि ४७ किसिमका हर्मोनाइजेशन कोडअन्तर्गतका वस्तु आयातका लागि एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि बजारमा अत्यावश्यक वस्तुको अभाव हुन थालेको हो ।
शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्थाका कारण जुत्ताचप्पल, लत्ताकपडा, फेन्सी सामान, दैनिक प्रयोगमा आउने कस्मेटिक सामग्री, साबुन, डिटरजेन्ट पाउडर, स्याम्पु, लिपगार्ड, बडीलोसन, खाद्यान्नमा सुप आइटम र पास्तालगायत सामग्रीको अभाव हुन थालेको सरोकारवालाहरूले बताएका छन् ।
नेपाल चाइना व्यापार संघका महासचिव मुकुन्द पौडेलका अनुसार टीटी सिस्टमबाट व्यापारीहरूले सोझै विदेशी उत्पादनकर्ता कम्पनीसँग सामानको अर्डर गरी केही रकम बैंकिङ सिस्टमबाट अग्रिम भुक्तान गरी यस्तो सामान मगाउन सकिन्थ्यो । बाँकी रकम सामान प्राप्त भएपछि दिने चलन थियो ।
तर, अहिले एलसी खोल्दा नै बैंकलाई शतप्रतिशत भुक्तानी बुझाउनुपर्ने भएकाले सामान आयातमा समस्या भएको छ । ‘एकजना आयातकर्ता ब्यापारीले १ करोड रुपैयाँको सामान आयात गर्दा थप १ करोड रुपैयाँ बैंकमा बुझाउनुपर्ने समस्याले व्यापारीहरूसँग रकम अभाव भएको छ । अधिकांश व्यापारीले नगद अभावका कारण सामान आयात गर्न नसक्दा बजारमा सामान अभाव हुन थालेको हो,’ उनले आर्थिक अभियान दैनिकसँग भने ।
सामान आयातका क्रममा एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्थाले बजारको अवस्था खस्किएको बताइएको छ । अहिले यस व्यवस्थाका कारण नेपाल स्वनिर्भर भएका वस्तुको हकमा समस्या नभए पनि परनिर्भर हुनुपर्ने हजारौं किसिमका वस्तुको आयातमा समस्या भएको छ । यो समाचार आजको आर्थिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदर्शनकारीलाई एकीकृत हुन आह्वान गरी आफू रेष्टुरेन्टको सटर लगाएर लुकेका थिए धवल शमशेर
-
इरानी आक्रमणमा इजरायलको सबैभन्दा ठूलो तेल रिफाइनरीमा क्षति, धुवाँको मुस्लो देखियो
-
‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक
-
असार २२ गते त्रिभुवन विश्वविद्यालयले बाेलायाे सभा
-
त्रिभुवन विश्वविद्यालयले काज बिदामा कडाइ गर्ने
-
बस्नेतको नियुक्तिमा अदालतको रोक, बर्खास्त तामाङ पुनः पदमा फर्किने