माओवादी केन्द्रीय समिति बैठकका यस्ता छन् एजेण्डा
शुक्रबार, २० फागुन २०७८, १३ : ५९
नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ । राष्ट्रिय सभागृहमा सुरु भएको बैठकमा छलफलका लागि विभिन्न एजेण्डा प्रस्तुत गरिएको छ । जसअनुसार श्रद्धाञ्जलीपछि अध्यक्षबाट रिपोर्टिङको एजेण्डा राखिएको छ । माओवादी स्रोतका अनुसार अध्यक्षमा प्रचण्डले बैठकमा मूलत एमसीसीबारे रिर्पोटिङ गर्नेछन् ।
त्यसपछि संगठनात्मक विषय एजेण्डामा समेटिएको छ । थपअनुसार केन्द्रीय समितिमा सदस्य थप्ने, पोलिटब्युरो, स्थायी र पदाधिकारी गठबन्धनबारे पनि छलफलका लागि एजेण्डा तय गरिएको छ । यस्तै कार्यविभाजन, स्थानीय तह निर्वाचनको तयारी र विविध विषय एजेण्डामा समेटिएको छ ।
विविधमा रामवृक्ष यादवको शालिकबारे र मसालसँगको एकताबारे भनेर राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले सहकारी ठगीमा संलग्नलाई संरक्षण गर्न थाल्यो : नैनसिंह महर
-
कलंकीबाट हराएकी स्नेहा पशुपति मन्दिर परिसरमा फेला
-
सरकार गठनको आह्वान कुन धाराअनुसार गर्ने भन्नेमै अलमल
-
‘न्यायालय पुनर्संरचना नै अबको एक मात्र एजेन्डा’
-
महान्यायाधिवक्ताको कार्यालयले लामिछानेलाई दिएको ‘क्लिन चिट’मा के छ ? (पत्रसहित)
-
सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’