१३ सीट क्षमताको क्यानेडियन ‘मुुभी थियटर’ विश्वकै सानो
१३ सीट क्षमताको क्यानडाको ओन्टारियो ‘मुुभी थियटर’ लाई गिनिज वर्ल्ड रेकर्ड बुकले विश्वकै सानो भएको प्रमाणित गरेको छ । स्ट्राटफोर्डमा रहेको सानो सिनेमा हलले २०२१ को अक्टोबरमा फिल्म देखाउन सुरु गरेको थियो । यसलाई रातो गलैँचा, गुणस्तरीय सीट र वैजनी डोरीले सजाइएको छ ।
थिएटरका मालिक र सञ्चालक ली कोनीले यसलाई औपचारिक रुपमा एक ग्यालरी र उपहार पसलको रुपमा व्याख्या गरेका छन् । उनले यसलाई ‘मिट योर मार्केट’ भनेका छन् । यसमा स्क्रीनलाई केही तल झारिएको छ र केही फोल्ड गर्न मिल्ने कुर्सीहरू राखिएका छन् । यसले स्थानीय फिल्म निर्माताहरूको कामलाई झल्काउँछ ।
‘हामीले स्थानीय फिल्म निर्माताहरूसँग मिलेर काम गरेका छौ । शहरमा थोरै मात्र प्रतिस्पर्धा गरेका छौ, हामीले सोच्यौ कि यदि हामीले स्क्रिनिङ रुमलाई स्थायी रुपमा निर्माण ग¥यौ भने यो महान हुने थियो,’ कोनीले बताए ।
विशेषगरी यो थियटर कोभिड–१९ को मध्यमा थोरै समूहका मानिस र निजी कार्यक्रम गर्नेगरी तयार पारिएको कोनीले बताए । यो थियटर जम्मा १७५.३६ वर्ग फुटको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण