अस्ट्रेलियाका महान क्रिकेटर सेन वार्नको निधन
शुक्रबार, २० फागुन २०७८, २० : ३०
अस्ट्रेलियाका महान् लेग स्पिनर सेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण वार्नको निधन भएको बीबीसीले जनाएको हो ।
वार्नले आफ्नो १५ वर्षे करियरमा टेस्ट क्रिकेटका १४५ खेलमा सर्वाधिक दोस्रो ७०८ विकेट लिएका थिए । उनले सन् १९९९ को एकदिवसीय विश्वकपको उपाधि पनि जितेका थिए । एकदिवसीय क्रिकेटमा उनले १९४ खेलमा २९३ विकेट लिन सफल भएका थिए । सन् २००७ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका उनले सन् २०१३ सम्म फ्रेन्जाइजी टी २० क्रिकेट खेलेका थिए ।
इंग्ल्याण्डका ब्याट्सम्यान माइक ग्याटिङलाई आउट पार्ने क्रममा उनले गरेको बलिङलाई बल अफ द सेन्चुरी घोषणा गरिएको थियो । उनको व्यवस्थापनले एक विज्ञप्ति जारी गर्दै थाइलाइन्डमा शुक्रबार सम्भावित हृदयघातका कारण उनको निधन भएको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण