अस्ट्रेलियाका महान क्रिकेटर सेन वार्नको निधन
शुक्रबार, २० फागुन २०७८, २० : ३०

अस्ट्रेलियाका महान् लेग स्पिनर सेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण वार्नको निधन भएको बीबीसीले जनाएको हो ।
वार्नले आफ्नो १५ वर्षे करियरमा टेस्ट क्रिकेटका १४५ खेलमा सर्वाधिक दोस्रो ७०८ विकेट लिएका थिए । उनले सन् १९९९ को एकदिवसीय विश्वकपको उपाधि पनि जितेका थिए । एकदिवसीय क्रिकेटमा उनले १९४ खेलमा २९३ विकेट लिन सफल भएका थिए । सन् २००७ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका उनले सन् २०१३ सम्म फ्रेन्जाइजी टी २० क्रिकेट खेलेका थिए ।
इंग्ल्याण्डका ब्याट्सम्यान माइक ग्याटिङलाई आउट पार्ने क्रममा उनले गरेको बलिङलाई बल अफ द सेन्चुरी घोषणा गरिएको थियो । उनको व्यवस्थापनले एक विज्ञप्ति जारी गर्दै थाइलाइन्डमा शुक्रबार सम्भावित हृदयघातका कारण उनको निधन भएको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाटभटेनीबाट मदिरा चोर्ने युवक ७ वर्षदेखी चोरीमै संलग्न, गाडी लिएर गएका थिए चोर्न
-
अपरेसन सिन्दूर : पाकिस्तानमा कम्तीमा २६ जनाको मृत्यु, मारिनेमा मसूद अजहरका आफन्त
-
अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड एक्सस्टेपको ब्रान्च सामाखुसीमा
-
मोक्षदाले जेम्स स्कुललाई सजिलै हरायो
-
बढ्याे नेप्से परिसूचक
-
मल नदिएर सरकारले किसानमाथि अन्याय गर्यो : साह