सुकौरामा खानेपानी मर्मतपछि ३ सय घरधुरीलाई स्वच्छ पानी
उदयपुरको त्रियुगा नगरपालिका १६ नं वडामा करिब ३ सय घरधुरीलाई स्वच्छ सफा पिउने पानीको व्यवस्था गरिएको छ । त्यहाँ सञ्चालनमा रहेको पुरानो जीर्ण खानेपानी योजनालाई मर्मत गरिएपछि स्वच्छ खानेपानी आपुर्ति हुन थालेका हुन् । खानेपानी योजना वडाको आर्थिक बर्ष २०७८/०७९ को वडागत बजेट अन्तरगत मर्मत गरिएको वडाध्यक्ष मानबहादुर राईले जानकारी दिए ।
वडाका २ लाख अनुदान बजेट र ६० हजार स्थानीयबासीको सहयोगबाट खानेपानी मर्मतले बढी भन्दा बढी घरपरिवारलाई स्वच्छ खानेपानीको सुविधा भएको वडाध्यक्ष राईले बताए । खानेपानी मर्मत सम्भारको काम वडाध्यक्ष सहित स्थानीयबासीले श्रमदान गरि मर्मत गरेका थिए । एक घर एक धारा, पुर्ण सरसफाइ हाम्रो अभिभारा भन्ने वडाको अभियान अन्तर्गत खानेपानी मर्मत सम्भार गरिएको खानेपानी समिति सुकौराले जनाए ।
कार्यक्रममा समितिको योजना बजेट खर्चको सार्वजनिक परिक्षण समेत भएको छ । गत आर्थिक बर्ष निर्माण कार्य सम्पन्न भएको २० हजार लिटर क्षमता बराबरको ट्याङ्किबाट पानी वितरण कार्य समेत भएको छ । वितरण प्रणाली मार्फत नै करिब ३ सय घरधुरिलाई स्वच्छ पिउने पानी व्यवस्था भएको समितिका अध्यक्ष बलबहादुर कटुवालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण