एभरेष्ट अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालले नारी दिवसको अवसरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । विशेष गरी स्त्री रोगसँग सम्बन्धित स्वास्थ्य शिविर सञ्चालनमा ल्याउने भएको हो । वरिष्ठ स्त्री रोग तथा निःसन्तान विशेषज्ञ डा. जोत्सना शर्मा, ल्याप्रोस्कोपी सर्जन तथा निःसन्तान विशेषज्ञ डा. राजन शाह र बेस्ट अनकोसर्जन डा. विकास शाहले स्तन क्यान्सरको निःशुल्क ओपिडी सञ्चालन गर्ने भएका हुन् । यो सेवा २४ गते बिहान १० देखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ ।
बाँझोपन, स्त्री रोगको समस्या तथा स्तन क्यान्सरको समस्या बढ्दो देखिएकोले एकदिने स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको अस्पतालका प्रशासकीय प्रमुख दिपकचन्द्र बरालले बताए । उनका अनुसार शिविरमा अल्ट्रासाउन्डमा ५० प्रतिशत, ल्याब टेस्टमा ३० प्रतिशत र अन्य अस्पतालले दिने सेवासमेत ३० प्रतिशत छुट दिने अस्पतालले जनाएको छ । स्त्री रोगसम्बन्धी कुनै पनि समस्या भएका र ल्याप्रोस्कोपी सर्जरीबाटै अप्रेशन गर्नु नै पर्ने अवस्था भएकाहरुलाई पनि यस दिन ३० प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण