श्रीलंकामाथि भारतको शानदार जीत
मोहालीमा भएको पहिलो टेस्टमा भारतले श्रीलंकालाई एक इनिङ्स र २२२ रनले पराजित गर्दै सिरिजमा १–० को अग्रता लिएको छ । पहिलो इनिङ्समा ब्याटिङ गरेको भारतीय टोलीले आठ विकेट गुमाएर ५७४ रन बनाएको थियो ।
त्यसपछि श्रीलंकाको टोली १७४ रनमा अलआउट भई फलोअन खेल्न बाध्य भयो । फलोअनमा पनि श्रीलंकाको टोलीले खासै केही गर्न सकेन र दोस्रो इनिङ्समा १७८ रन मात्रै बनाउन सक्यो । भारत र श्रीलंकाबीचको दुई खेलको टेस्ट सिरिजको पहिलो खेल तीन दिनमै सकिएको छ । श्रीलंकाका लागि दोस्रो इनिङ्समा निरोशन डिक्वेलाले अविजित ५१ रन बनाए ।
भारतका लागि रविन्द्र जडेजाले पहिलो इनिङ्समा ब्याटिङ र त्यसपछि श्रीलंकाको दुवै इनिङ्समा बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरे । पहिलो इनिङ्समा रविन्द्र जडेजाले अविजित १७५ रन बनाए । उनले श्रीलंकाको पहिलो इनिङ्समा पाँच विकेट र दोस्रो इनिङ्समा चार विकेट लिएका थिए। पहिलो इनिङ्समा जसप्रित बुमराह र आर. अश्विनले दुई–दुई विकेट लिए । दोस्रो इनिङ्समा आश्विनले चार र मोहम्मद सामीले दुई विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण