मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

श्रीलंकामाथि भारतको शानदार जीत

आइतबार, २२ फागुन २०७८, १९ : ३७
आइतबार, २२ फागुन २०७८

मोहालीमा भएको पहिलो टेस्टमा भारतले श्रीलंकालाई एक इनिङ्स र २२२ रनले पराजित गर्दै सिरिजमा १–० को अग्रता लिएको छ । पहिलो इनिङ्समा ब्याटिङ गरेको भारतीय टोलीले आठ विकेट गुमाएर ५७४ रन बनाएको थियो ।

त्यसपछि श्रीलंकाको टोली १७४ रनमा अलआउट भई फलोअन खेल्न बाध्य भयो । फलोअनमा पनि श्रीलंकाको टोलीले खासै केही गर्न सकेन र दोस्रो इनिङ्समा १७८ रन मात्रै बनाउन सक्यो । भारत र श्रीलंकाबीचको दुई खेलको टेस्ट सिरिजको पहिलो खेल तीन दिनमै सकिएको छ । श्रीलंकाका लागि दोस्रो इनिङ्समा निरोशन डिक्वेलाले अविजित ५१ रन बनाए ।

भारतका लागि रविन्द्र जडेजाले पहिलो इनिङ्समा ब्याटिङ र त्यसपछि श्रीलंकाको दुवै इनिङ्समा बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरे । पहिलो इनिङ्समा रविन्द्र जडेजाले अविजित १७५ रन बनाए । उनले श्रीलंकाको पहिलो इनिङ्समा पाँच विकेट र दोस्रो इनिङ्समा चार विकेट लिएका थिए। पहिलो इनिङ्समा जसप्रित बुमराह र आर. अश्विनले दुई–दुई विकेट लिए । दोस्रो इनिङ्समा आश्विनले चार र मोहम्मद सामीले दुई विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप