कहाँ रोकियो रुसी सेनाको ४० माइल लामो बख्तरबन्दको लस्कर ?
युक्रेनको राजधानी सहर किभतर्फ केही दिनअघि बढेको रुसी सशस्त्र फौजको ४० माइल लामो बख्तरबन्दहरुको लस्कर पछिल्ला केही दिनयता रोकिएको अमेरिकी रक्षा अधिकारीहरुले जनाएका छन् । बख्तरबन्दहरुको लस्कर बेलारुसको सीमाबाट राजधानीतर्फ बढिरहेको थियो । बख्तरबन्दको लस्करलाई फेब्रुबरीमा स्याटलाईट तस्बिरमा पहिलो पटक देखिएको थियो ।
‘रुसी अक्षतर्फ कुनै महत्वपूर्ण गतिविधि भएको देखिदैन, ’ एक अमेरिकी अधिकारीको भनाई उदृत गर्दै रोयर्टसले लेखेको छ, ‘ प्रमुख तत्वहरू यी शहर केन्द्रबाहिर रहन्छन् । ’
‘बख्तरबन्दको गति अवरोध हुने क्रम जारी’ रहेको उनको भनाई छ । रसियाले सीमामा जम्मा गरेको सेना उसको सैन्य शक्तिको झण्डै ९५ प्रतिशत भएको अमेरिकी गुप्तचर निकायको अनुमान छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसी सेनाले युक्रेनमा सर्वसाधारणमाथि जानी जानी हमला गरेको आफूहरुसँग विश्वसनीय रिपोर्ट रहेको दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण