मन्त्री हेरफेरबारे छलफल भएको छैन : बर्षमान पुन
सोमबार, २३ फागुन २०७८, १४ : १७
नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले पार्टी र गठबन्धनभित्र मन्त्रीहरुको हेरफेरबारे कुनै छलफल नभएको बताएका छन् । ‘अहिले सरकारका मन्त्रीहरुको हेरफेरबारे गठबन्धनमा कुनै पनि छलफल भएको छैन । र अहिले त्यसको एजेण्डा पनि बनेको छैन’, नेता पुनले सोमबारको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए । फरक प्रसंगमा नेता पुनले अर्थमन्त्रीसँग प्रधानमन्त्री आफैले कुरा गर्नुपर्ने बताए ।
‘अहिलेको प्रधानमन्त्रीको मुख्य जिम्मेवारी कोभिडबाट बिथोलिएको अर्थतन्त्र सम्हाल्ने हो । त्यसमा स्वभाविक रुपमा एक्सपर्टिजको हिसाबले र मन्त्रालयको हिसाबले अर्थमन्त्रीको दायित्व हुन्छ’, नेता पुनको भनाइ छ । उनले प्रधानमन्त्रीले आफ्नो अर्थमन्त्रीसँग विश्वासको वातावरण बनाएर काम गरे नगरे भोलि एवीसीडी जो अर्थमन्त्री आएपनि सक्सेस हुन नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण